बिहिबार, २५ डिसेम्बर २०२५

मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु भएको छ। 

बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा २७ वर्षीय थापाको मृत्यु भएको हो। 

 विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल बिहानका राति करिब पौने १ बजेतिर  अनियन्त्रित भएर दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका निम्ति कोसी अस्पताल लगिएको थियो। तर चिकित्सकले उनको मृत्यु घोषणा गरेको प्रहरीले बताएकाे छ। 

कोशी प्रदेशका क्रिकेटर उनले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग र अन्य फ्रेन्चाइज लिगसमेत खेलेका छन्।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!