बिएल संवाददाता
राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छन्।
शनिबार मकवानपुरमा आयोजित एक विशेष कार्यक्रममा साम्बालाई सम्मान गरिएको हो।
‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान एवं सम्मान’ शीर्षकको कार्यक्रममा सञ्चारिका समूह नेपाल, मकवानपुर शाखाले उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो।
देश तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला फुटबलको पहिचान बनाउने उनको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन्। कार्यक्रममा स्थानीय नेताहरू, खेलप्रेमी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो।
सञ्चारिका समूह मकवानपुरकी अध्यक्षले भनिन्, ‘साम्बाले आफ्नो मेहनत र लगनले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएकी छन्। हामी उनको योगदानको उच्च मूल्यांकन गर्छौं।’
साबित्राले सम्मानप्रति आभार व्यक्त गर्दै भनिन्, ‘यो सम्मानले मलाई अझ बढी प्रेरणा मिलेको छ। म अझ कडा मेहनत गरेर देशलाई गौरवान्वित गराउने छु।’
साम्बा हालसम्म नेपाली महिला फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता हुन्। उनले घरेलु तथा विदेशी क्लबहरूमा समेत सफलता हासिल गरेकी छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया