बिएल संवाददाता
अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी–२० सिरिज प्रतियोगिता आजबाट सुरु हुँदैछ।
उद्घाटन खेलमा आज पाकिस्तान शाहिन्सा र बंगलादेश ए भिड्दै छन्।
विभिन्न ११ टोलीको सहभागिता रहेको सिरिजमा सहभागी अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन्।
प्रतियोगितामा नेपालले पहिलो खेल (भोली) अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग खेल्नेछ। त्यसपछि नेपालले बंगलादेश ‘ए’ सँग १६ अगस्टमा, मेलबर्न स्टार्ससँग १८ अगस्टमा, होबर्ट हुरिकेन्ससँग १९ अगस्टमा, मेलबर्नसँग २० अगस्टमा र पाकिस्तान शाहिन्सासँग २२ अगस्टमा खेल्नेछ।
नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा यूएईमा वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्दैछ।
टप एन्ड टी–२० सिरिज खेल्ने नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उप–कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख ,भीम सार्की, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दनकुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम, साहब आलम छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया