बिएल संवाददाता
नेपाल कुस्ती संघले आफ्नो नाम प्रयोग गरी भइरहेको अनधिकृत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले खेलकुद क्षेत्रमा भ्रम फैलाउन नदिन सरोकारवालासँग आग्रह गरेको छ।
संघका महासचिव खगेन्द्रबहादुर बस्नेतले मंगलबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले ३ चैत ०७७ मा दिएको फैसलाअनुसार खारेज भइसकेका तत्कालीन अध्यक्ष राज मोहम्मद मिया अन्सारी र वरिष्ठ उपाध्यक्ष समिम मिया अन्सारी संघको प्रतिनिधि भनी विभिन्न कार्यक्रममा उपस्थित भइरहेको घटनाप्रति आपत्ति जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयबीच छलफलमार्फत समाधान खोजिनुपर्ने आवश्यकता देखिन्छ। समस्या यथावत रहे अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागितामा बाधा पर्नेछ।’
संघले अनधिकृत गतिविधिले खेलाडीलाई निरुत्साहित गर्ने र दशकौंको विकास, विस्तार र प्रवर्द्धनमा असर गर्ने भन्दै संघको नाममा भ्रामक गतिविधि नगर्न आग्रह गरेको छ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ बमोजिम २०८० साल चैत ४ गते सम्पन्न साधारणसभाबाट प्रकाशकुमार कुसारी नेतृत्वको कार्यसमिति निर्वाचित भइसकेको र त्यसैबाट कुस्ती संघको विवाद अन्त्य भएको संघको दाबी छ।
यस विषयमा न्यायालयले समेत टुंगो लगाइसकेको भन्दै हाल नेपाल ओलम्पिक कमिटी र विश्व कुस्ती महासंघले समेत यही संघलाई मान्यता दिइसकेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै संघले हाल तदर्थ ओलम्पिक कमिटीका प्रवक्ता समिम मिया अन्सारीको नाम कुस्तीसँग जोडिए पनि उनको नेपाल कुस्ती संघसँग कुनै सरोकार नरहेको स्पष्ट पारेको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया