बिएल संवाददाता
भारत भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आसामविरुद्धको पाँच खेलको सिरिज जितेको छ।
सोमबार भारतको गुवाहाटीमा सम्पन्न टी-२० सिरिजको अन्तिम खेलमा नेपाल एले आसामलाई ४४ रनले पराजित गर्दै सिरिजमा ३-२ को जित निकालेको हो।
नेपालले दिएको २०९ रनको बलियो लक्ष्य पछ्याएको आसामले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन मात्र जोड्न सक्यो।
आसामका लागि भार्गव लहकरले सर्वाधिक २९ रनको योगदान दिए।
बलिङमा नेपाल एका पवन सर्राफ, शेर मल्ल र आकाश चन्दले समान २—२ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन बनाएको थियो।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए। त्यस्तै शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रन बनाए।
बलिङमा आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले समान २-२ विकेट लिए।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया