बिएल संवाददाता
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लबले जित हात पारेको छ।
म.गलबार त्रिवि किकेट मैदानमा कोशीलाई ७ विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो जित पारेको हो।
कोशीले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले ३ विकेटको क्षतिमा २३.१ ओभरमै पूरा गर्यो। पुलिसको लागि अर्जुन साउद ६२ रन बनाउँदै अविजित रहे। दीपेन्द्रसिंह ऐरी ३८ रन बनाउँदै नटआउट रहे।
त्यस्तै, पुलिसका कुशल भुर्तेल १२, सुनिल धमला १६ रन बनाएर आउट भए। कोशीको लागि कमल खत्रीले २ विकेट लिए भने सोनु मण्डलले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ४८ दशमलब २ ओभरमा १ सय ६६ रन बनाउँदै अलआउट भएको थियो। कोशीका लागि सुजन थपलियाले सर्वाधिक १०५ रन बनाए। उनले १२६ बलमा १५० रन बनाएका हुन्।
त्यस्तै, कोशीको लागि कप्तान अंकित सुवेदीले १० रन बनाउँदा अभ्यास तिम्सिनाले २३ रन बनाए।
यता, पुलिसको लागि करण केसीले ३ विकेट लिँदा ललित राजवंशी तथा सुनिल धमलाले समान २-२ विकेट लिए भने राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान एक-एक विकेट लिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया