
बिएल संवाददाता
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लबले जित हात पारेको छ।
म.गलबार त्रिवि किकेट मैदानमा कोशीलाई ७ विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो जित पारेको हो।
कोशीले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले ३ विकेटको क्षतिमा २३.१ ओभरमै पूरा गर्यो। पुलिसको लागि अर्जुन साउद ६२ रन बनाउँदै अविजित रहे। दीपेन्द्रसिंह ऐरी ३८ रन बनाउँदै नटआउट रहे।
त्यस्तै, पुलिसका कुशल भुर्तेल १२, सुनिल धमला १६ रन बनाएर आउट भए। कोशीको लागि कमल खत्रीले २ विकेट लिए भने सोनु मण्डलले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ४८ दशमलब २ ओभरमा १ सय ६६ रन बनाउँदै अलआउट भएको थियो। कोशीका लागि सुजन थपलियाले सर्वाधिक १०५ रन बनाए। उनले १२६ बलमा १५० रन बनाएका हुन्।
त्यस्तै, कोशीको लागि कप्तान अंकित सुवेदीले १० रन बनाउँदा अभ्यास तिम्सिनाले २३ रन बनाए।
यता, पुलिसको लागि करण केसीले ३ विकेट लिँदा ललित राजवंशी तथा सुनिल धमलाले समान २-२ विकेट लिए भने राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान एक-एक विकेट लिए।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया