बिएल संवाददाता
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ। सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड गत वर्षदेखि ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएको हो।
इलाममा पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा केही पालिकामा सम्पन्न भएको छ भने केहीमा हुने तयारी छ। माई र देउमाई नगरपालिका तथा रोङ र माईजोगमाई गाउँपालिकामा विद्यालयस्तरीय प्रतियोगिता सम्पन्न भएको छ। माङसेबुङ गाउँपालिकामा प्रतियोगिता भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बास्तोलाले जानकारी दिए।
१४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङमा फागुनको पहिलो साता आयोजना हुने उनले बताए। गत वर्ष फाकफोकथुम गाउँपालिकामा आयोजना गरिएको थियो। रनिङ शिल्ड उपाधि चुम्नका लागि पालिकास्तरमा वर्षैभरि खेलकुदका गतिविधि हुने गरेका छन्।
प्रतियोगिता आयोजना गर्दा २० देखि २५ लाख रुपैयाँ खर्च लाग्ने खेलकुद विकास समितिले जनाएको छ। 'टालटुले रूपमा हुने प्रतियोगितालाई हामीले ग्रामीण क्षेत्रमा लगेपछि ग्रामीण खेल पर्यटनको समेत विकास भएको छ,' अध्यक्ष बास्तोलाले भने।
यसका लागि माई नगरपालिकाले २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। पालिका स्तरीय प्रतियोगिता गर्दा प्रत्येक विद्यालयलाई १० हजार रुपैयाँ खर्च र खाजा खर्च उपलब्ध गराएको नगरप्रमुख खम्बा सिं लिम्बुले जानकारी दिए। 'राष्ट्रपति रनिङ शिल्ड ग्रामीण क्षेत्रमा हुन थालेपछि सबैले अवसर पाएका छन्, यो राम्रो हो,' उनले भने, 'छनोट चरणमा ६ लाख रुपैयाँ खर्च गरेको छ भने राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय खेलमा थप ६ लाख बढी खर्च हुने छ।'
सरकार परिवर्तनसँगै जिल्लाको खेलकुद नेतृत्व परिवर्तन हुँने क्रमले खेल क्षेत्र ओझेल परेको उनको गुनासो छ। माङसेबुङ गाउँपालिकाले चालु आवमा खेलकुदका लागि २० लाख बजेट विनियोजन गरेको छ। 'आर्थिक रूपमा सबै पालिकाले समान लगानी गर्नुपर्छ। अर्को वर्ष फेरि अर्को पालिकालाई हामीले पनि सहयोग गर्ने हो,' गाउँपालिका अध्यक्ष हेमन्त राईले भने। पालिका स्तरबाहेक वडागत रूपमा पनि खेल क्षेत्रका लागि रकम छुट्याएको छ। पालिकाले प्रतियोगितासँगै खेलमैदान निर्माणको कामसमेत गरिरहेका छन्।
यस पटकको राष्ट्रपति रनिङ शिल्ड फागुन पहिलो साता हुँदै छ। प्रतियोगितामा छात्र/छात्रा भलिबल, हाइजम्प, लङजम्प र मार्सलआर्टका सबै विधाका खेल हुनेछन्। पालिकाबाट छनोट भई जिल्ला र जिल्लामा छनोट भएका खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागिता जनाउनेछन्। रनिङ शिल्डबाहेक इलामका ग्रामीण क्षेत्रमा विभिन्न प्रतियोगिता आयोजना हुने गरेका छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया