बिएल संवाददाता
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता फागुन– ११ गतेदेखि सुरु हुने भएको छ।
बुधबार काठमाडौँको एक होटलमा पत्रकार सम्मेलन गर्दै युवा संघ नेपालले उक्त प्रतियाेगिताबारे जानकारी दिएकाे हाे। साे प्रतियोगिता ए डिभिजन लिगका क्लब र विदेशी क्लबहरुको सहभागिता रहनेछ। यस प्रतियोगिताको हरेक खेल एन्फा टेक्निकल सेन्टर च्यासलमा माघ ११ देखि सुरु हुनेछ भने फाइनल खेल फागुन १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
प्रतियोगिताको विजेताले ११ लाख, उपविजेताले ५ लाखसहित ट्रफी मेडल पाउनेछ भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख, उत्कृष्ट गोलरक्षक, उदीयमान खेलाडी र उत्कृष्ट गोल कर्ता समान ५० हजार पाउनेछन्। प्रतियोगिताको हरेक खेलमा विजयी हुने टिमले २५ हजार प्राप्त गर्नेछ भने हरेक खेलको म्यान अफ दी म्याचले नगद १५ हजार पाउने आयोजकले जनाएको छ।
गत संस्करणको उपाधि मछिन्द्र फुटबल क्लबले फाइनलमा सातदोबाटो युथ क्लबलाई हराएकाे थियाे।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया