बिएल संवाददाता
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा मधेसले सुदूरपश्चिमलाई ८० रनले पराजित गर्यो। प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो। जितसँगै प्रतियोगितामा चौथो जित हासिल गरेको मधेसले ८ अङ्क जोडेको छ। ६ खेलमा ८ अङ्क जोड्दै मधेस प्रदेश तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै चार खेलमा तीन जित र एक खेलमा हार बेहोर्दै सुदुरपश्चिम ६ अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा छ।
मधेस प्रदेशले प्रस्तुत गरेको ३२० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४ दशमलव ५ ओभरमा सवै विकेट गुमाउदै २३९ रनमा समेटियो। सुदूरपश्चिमका लागि नरेन भट्टले एक सय २२ बलमा १३ चौका र एक छक्काको मद्दतमा एक सय २१ रन बनाए। यसैगरी नारायण जोशीले २६, किरण ठगुन्नाले २०, नरेन साउदले १८, खडक बोहराले १४ तथा गजेन्द्र बोहराले १२ रन बनाए।
मधेसका लागि राजेश यादव र प्रदीप पासवानले समान तीन विकेट लिए भने रञ्जित कुमारले दुई तथा कप्तान हरिशङ्कर शाह र पवन सराफले समान एकरएक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेस प्रदेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो। मधेसका लागि मायन यादवले एक सय २८ बलमा आठ चौका र दुई छक्काको सहयोगमा एक सय १५ रनको योगदान दिए।
त्यसैगरी पवन सर्राफले ६३ बलमा चार चौका र चार छक्काको मद्दतमा ७० रन बनाए। अनिल शाहले ७० बलमा ६ चौका र दुई छक्काको मद्दतले ६९ रनको योगदान गरे। रुपेश सिंहले २१, अविशेक तिवारीले १६ तथा हरिशंकर शाहले १४ रन बनाए।
सुदूरपश्चिमका लागि शेर मल्लले चार विकेट लिए भने विकाश आग्रीले दुई तथा नारायण जोशी र गजेन्द्र बोहराले समान एकरएक विकेट लिए।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया