बिएल संवाददाता
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बलको (एपीएफ) त्रिभुवन आर्मी क्लबसँग पराजय भएको छ।
एपीएफ आर्मीसँग ४ विकेटले पराजित भएको हो। जितको लागि १२२ रनको लक्ष्य पछाएको आर्मीले ३.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। आर्मीको लागि कप्तान विनोद भण्डारीले अविजित ३४ रनको योगदान दिए। त्यस्तै, आर्मीका ओपनर इमरान शेखले १६ र सन्तोष कार्कीले ११ रन बनाए।
भीम सार्की २ रनमा आउट हुँदा कुशल मल्ल १९ र बसिर अहमद १८ रनमा आउट भए। एपीफका लागि रमेश कुर्मीले दुई विकेट लिए भने कप्तान रोहित पौडेल र श्याम ढकालले एक विकेट लिए।
त्यसअघि सिद्धार्थनगर रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफ ३२.४ ओभरमा १२१ रनमा अल आउट भएको थियो। एपीएफको लागि कप्तान रोहितले ५९ रन बनाए। आर्मीका कार्की १६ र सुमित महर्जनले १४ रन बनाए। त्यसबाहेक एपीएफका अन्य ब्याटरले दोहोरो अंक जोडन सकेनन्।
आर्मीको लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए भने अभिनाश कर्ण २ विकेट लिए। त्यस्तै, विवेक यादव, साहब आलम र बसिर अहमदले समान १–१ विकेट लिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया