बिहिबार, १२ नोभेम्बर २०२६

एनपीएलः पाेखरा प्लेअफकाे दाैडबाटै बाहिरियाे, बिराटनगर चाैथाे स्थानमा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा विराटनगर किङ्ग्स विजयी भएको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ४ विकेटले हरायो। 

विराटनगरको यो तेस्रो जित हो। तेस्रो जितले विराटनगरले प्लेअफको सम्भावनालाई जीवित राखेको छ । पाचौं खेल हारेको पोखरा भने प्रतियोगिताबाट बाहिरिएको छ। 

जितका लागि पाएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍याे। 

जसमा बसिर अहमदले ३७ र लोकेश बमले ३३ रनको योगदान गरे। 

पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २-२ विकेट लिए।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटियो । जसमा युवराज सामराले सर्वाधिक ८४ रन बनायो। विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए।

पोखराको हारसँगै एनपीएलको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ । प्रतियोगितामा अब टोलीले एउटा खेल खेल्न बाँकी छ । पोखराले अन्तिम खेलमा काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि पोखरा जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, चितवन राइनोज र अन्य खेलमा पराजित भएको थियो।

आजकाे खेलमा बिराटनगरलाई जिताउन कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। उनले ह्याट्रिकसहित ६ विकेट लिएपछि पाेखरा सस्तैमा समेटिएकाे थियाे । पाेखराका ओपनर युवराज साम्राले बनाएकाे ८४ रन खेर गएकाे छ। आजकाे जितसँगै बिराटनगर अंकतालिकामा चाैंथाे स्थानमा उक्लिएकाे छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!