बिएल संवाददाता
आइसीसी यू-१९ विश्वकपअन्तर्गतको जारी खेलमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ।
बुधबार दक्षिण अफ्रिकाको इष्ट लन्ड बुफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै १९७ रन बनायो।
नेपालका लागि सर्वाधिक रन ओपनर विपिन रावलले बनाए। उनले ६८ बलमा ३९ रनको योगदान दिएर पेभिलियन फर्किए। २४.४ ओभरमा रावल पाकिस्तानका अरफात मिनहासको बलबाट अलि असफान्दको हातबाट क्याच आउट भएका थिए।
नेपालका अर्का ओपनर अर्जुन कुमाल १२ बलमा ६ रन बनाउँदै आउट भए। त्यस्तै कप्तान देव खनाल ३७ बलमा २३ रन बनाएर आउट भए।
आकाश त्रिपाठी १० बलमा ६ रन बनाउँदै पेभिलियन फर्किए। उतम मगर ४ गुलशन झा १८, दिपेश कँडेल १३ तथा दिपक डुम्रे २६ रन बनाएर पेभिलियन फर्किए।
पाकिस्तानका अफरत मिन्हासले सर्वाधिक ३ विकेट लिए। यसअघि भएको खेलमा नेपाल न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले पराजित गरेको थियो।
पाकिस्तानका अराफत मिनहासले ३ विकेट लिए भने उबेद साह र अहमेद हुसेनले २-२ विकेट लिन सफल भए।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया