बिएल संवाददाता
कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भीमदत्त नगरपालिका स्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिद्धनाथ अमर माध्यमिक विद्यालय गड्डाचौकीले जितेको छ।
आज सम्पन्न भएकाे उक्त प्रतियोगितामा सिद्धनाथ १५ स्वर्ण, पाँच रजत र १३ कास्य पदकसहित पहिलो भएको हो।
प्रतियोगितामा ६ स्वर्ण, नौ रजत र तीन कास्यसहित पूर्ण मावि ऐरी दोस्रो तथा ६ स्वर्ण, एक रजत र एक कास्य पदक प्राप्त गर्दै बैजनाथ मावि महेन्द्रनगर तेस्रो भएको छ। प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, तेक्वान्दो, कराते र उसु खेलका विभिन्न विधामा स्वर्ण, रजत र कास्यसहित एक सय ८० पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा भएको थियो।
यसअघि उक्त प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टले गरेका थिए। जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टका अनुसार माघ अन्तिम सातादेखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कृष्णपुर नगरपालिकाको गुलरियामा सञ्चालन हुने छ।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया