बिएल संवाददाता
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन २०२६ अन्तर्गत जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक हासिल गर्ने लक्ष्य तथा आसन्न ओलम्पिक खेलकुद, इन्डोर एसियन गेम्स र साग गेम्सलाई समेत मध्यनजर गरी राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सोमबारदेखि सुरु हुने भएको छ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नियमित राष्ट्रिय टिम तयारीको प्रशिक्षण र व्यापक अन्तर्राष्ट्रिय सहभागितालाई उच्च प्राथमिकता दिएर पहिलो चरणमा ५ खेलको तयारी प्रशिक्षण थालिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
सदस्य–सचिव घिसिङले विगतको समग्र नतिजा र उपलब्धीलाई मध्यनजर गरी पहिलो चरणमा तेक्वान्दो, कराते, उसु, बक्सिङ र जुडोको तयारी प्रशिक्षण सुरु गर्न लागिएको बताउँदै क्रमैसंग अन्य खेलको पनि तयारी थाल्ने बताए। उनले पाँचौं एसियाली पारा खेलकुदको पनि तयारी सुरु गर्ने बताए।
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले प्रशिक्षणको अवधिमा खेलाडीको फिटनेस परीक्षण, स्ट्रेन्थ पावर ट्रेनिङ, डाइट एन्ड न्युट्रिसन कक्षा, उत्प्रेरणात्मक तथा खेल विज्ञान कक्षा, योगा कक्षा, स्वास्थ्य परीक्षण, स्वास्थ्य परीक्षण, डोपिङ सम्बन्धी अभिमुखिकरण कार्यक्रम पनि हुने जानकारी दिए।
विशेष प्रशिक्षणमा रहेका ५ खेलमा २९ पुरुष र २१ महिला खेलाडी रहेका छन्। प्रत्येक खेलका लागि समान २–२ गरी १० प्रशिक्षक खटिने छन्। कुनैपनि एसियाली खेलकुद सम्पन्न भएको छोटो समयमा अगामी संस्करणका लागि राखेपले तयारी थालेको यो पहिलोपटक हो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया