बिएल संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टाेलीलाई बिदाइ गरेकाे छ।
साेमबार एन्फाले साताेबाटाेसिथित एन्फा कोम्प्लेक्समा टोलीकाे बिदाइ गरेकाे हाे।
आगामी फेब्रुअरी २ देखि बंगलादेश राजधानी ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिमले सहभागिता जनाउने छन्। जसमा नेपालसहित भारत, भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
नेपालले पहिलाे खेल फेब्रुअरी २ मा आयाेजक राष्ट्र बंगलादेशसँग खेल्दै प्रतियोगिताकाे सुरुवात गर्नेछ। त्यस्तै नेपालले ४ फेब्रुअरीमा भुटानसँग खेल्ने छ भने ६ फेब्रुअरीमा भारतसँग खेल्ने छ।
यू-१९ महिला साफ च्याम्पियनसिप हालसम्म ४ पटक आयाेजना भएकाे छ, जसमा बंगलादेशले ३ पटक उपाधि जितेकाे छ। नेपालले यसपटक उपाधि जित्न लक्ष्य राखेकाे छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया