बिएल संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टाेलीलाई बिदाइ गरेकाे छ।
साेमबार एन्फाले साताेबाटाेसिथित एन्फा कोम्प्लेक्समा टोलीकाे बिदाइ गरेकाे हाे।
आगामी फेब्रुअरी २ देखि बंगलादेश राजधानी ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिमले सहभागिता जनाउने छन्। जसमा नेपालसहित भारत, भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
नेपालले पहिलाे खेल फेब्रुअरी २ मा आयाेजक राष्ट्र बंगलादेशसँग खेल्दै प्रतियोगिताकाे सुरुवात गर्नेछ। त्यस्तै नेपालले ४ फेब्रुअरीमा भुटानसँग खेल्ने छ भने ६ फेब्रुअरीमा भारतसँग खेल्ने छ।
यू-१९ महिला साफ च्याम्पियनसिप हालसम्म ४ पटक आयाेजना भएकाे छ, जसमा बंगलादेशले ३ पटक उपाधि जितेकाे छ। नेपालले यसपटक उपाधि जित्न लक्ष्य राखेकाे छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया