बिएल संवाददाता
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्रोद्वय मावि प्रथम भएको छ।
चौधवटा मावि सहभागी भएको सो प्रतियोगितामा छ स्वर्ण, छ रजत र दुई कास्य पदकसहित वडा नं २ ओख्रेडाँडागाउँको उक्त विद्यालय प्रथम भएको हो । प्रतियोगितामा चार स्वर्ण, चार रजत र दुई कास्य पदकसहित छोरम्बूस्थित शान्ति मावि दोस्रो भएको छ भने तीन स्वर्ण, चार रजत र तीन कास्य पदकसहित डाँडाखर्कस्थित सरस्वती मावि तेस्रो भएका छन्। माघ १२ गतेदेखि सुरु भएको सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः रु १५, रु १२ र रु नौ हजारसहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरेको विद्यालय निरीक्षक रणशेर तामाङले जानकारी दिए।
विजयी विद्यालय तथा विद्यार्थीलाई सोमबार गाउँपालिका प्रमुख लोकेन्द्र राईले पुरस्कार प्रदान गरे। अन्तरमाविस्तरीय प्रतियोगितामा प्रथम भएका तथा छनौट परेका विद्यार्थीले जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुने पाउने जनाइएको छ। दश स्थानीय तह रहेको जिल्लामा जिल्लास्तरीय प्रतियोगिता यही माघ २७, २८ र २९ गते दिक्तेलमा हुने जिल्ला खेलकुद विकास समितिका प्रमुख लीलाभक्त केसीले जानकारी दिए। तेह्रौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय छनौट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले उचालेको थियो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया