बिएल संवाददाता
पोखरामा जारी २३औँ संस्करणको आहा रारा गोल्डकपको उपाधिको लागि थ्रिस्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
फाइनल खेल शनिबार पोखरा रगंशालामा हुँदैछ। सेमिफाइनलमा त्रिभुवन आर्मीले चर्च ब्वाइज क्लबलाई २-१ ले पराजित गरेर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो। थ्री स्टारले भने जावलाखेल युथ क्लबलाई १-० ले हराउँदै फाइनलमा पुगेको थियो।
गत माघ ९ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेता टोलीले १२ लाख एक हजार रुपैयाँ नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, उपविजेता टोलीले छ लाख एक हजार नगदसहित ट्रफी पाउने छन्। थ्री स्टारले हालसम्म पाँच पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ भने आर्मी उपाधिविहीन छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया