बिएल संवाददाता
छैटौँ संस्करणको झापा गोल्डकप आगामी फागुन १९ गतेदेखि २८ गतेसम्म आयोजना हुँदैछ।
प्रतियोगिता गोल्डकप बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुनेछ।
मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता मानिएको झापा गोल्डकप यस सिजनमा यति ब्रुअरी मुख्य प्रायोजकको रुपमा रहेको छ।
मंगलबार एक कार्यक्रमकाबीच यति ब्रुअरीका ब्राण्ड प्रमोटर प्रतिपल अधिकारी र आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरे।
प्रतियोगितामा यो वर्ष पुरस्कार राशी बढाइएको झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेलले बताएका छन्।
यो वर्ष गोल्डकप विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन्। पाँचौँ संस्करणमा विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए।
मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिने समितिका महासचिव पौडेलले जानकारी दिए।
प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमको सहभागिता रहनेछ।
प्रतियोगिता सञ्चालनका लागि एक करोड ५० लाख रुपैयाँ अनुमानित खर्च हुने समितिका कोषाध्यक्ष केदार गिरीले जानकारी दिए।
छैटौँ संस्करणको उद्घाटन समारोहमा जिल्लाका एक जना पुराना फुटबल खेलाडी तथा रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५/२५ हजारसहित सम्मान गरिने बस्नेतले बताए।
२०७२ सालदेखि सुरु भएको झापा गोल्डकपको खातामा हाल ९८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले जानकारी दिए। गोल्डकपका लागि डोमालाल राजवंशी रंगशालामा मर्मतको कामसमेत सुरु भइसकेको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया