बिएल संवाददाता
साविक विजेता कतार एफसि एसियन कपकाे फाइनलमा प्रवेश गरेकाे छ।
बुधबार राति कतारको अहमद बीन अली रंगशालामा भएकाे खेलमा इरानलाई ३-२ले हराउदै कतार एसियन कपकाे फाइनल प्रवेश गरेकाे हाे।
इरानले खेलकाे चौथो मिनेटमा अग्रतामा लिएकाे थियाे। इरानकाे लागि पहिलाे सफलता अर्दार अजुमोउनले दिलाएका थिए।
खेलकाे १७औँ मिनेटमा कतारका जासिम गाबेर अब्दुलसलामले गोल गर्दै खेललाई बराबरीमा बनाए।
४३औँ मिनेटमा कतारले अर्को गाेल गरे। कतारका अक्रम अफिफले गाेल गरेपछि पहिलाेमा कतारले २-१ काे अग्रतामा बनाएकाे थियाे।
तेसपछि खेलकाे ५१औँ मिनेटमा अलिरेजा जाहानबक्सले गाेल गरेर खेललाई बराबरिमा लायए।
तर, खेल सकिन ८ मिनेट अघि अलमोएज अलीले गोल गर्दै कतारलाई सफलता दिलाए।
एसियन कपकाे उपाधिकाे लागि कतार जोर्डन भिड्नेछन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया