बिएल संवाददाता
रुपन्देहीको तिलोतामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान सञ्चालनमा आउने भएको छ।
शुक्रबार एक्स्ट्रा टेक प्राइभेट लिमिटेडले पत्रकार सम्मेलन गरेर मैदानको उद्घाटन फागुन १४ गते गर्ने जानकारी दिएकाे हाे।
सोही उद्घाटन समाहोरमा एक्स्ट्राटेक प्राइभेट लिमिटेडले टी- १० फर्म्याटमा मैत्रीपूर्ण खेलको आयोजना गर्न लागेकाे हाे। जसमा जेन्ड्स ९६, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को विश्वकपमा सहभागी टोली र रेस्ट अफ नेपालले प्रतिस्पर्धी गर्न भएकाे छ।
एक्स्ट्राटेक ओभल क्रिकेट निजी लगानी बनेको रगंशाला हो।
एक्स्ट्राटेक ओभल क्रिकेट ब्राण्ड एम्बेस्डरसमेत रहेका पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले मैदान छोटो समयमा तयारी भएकोका धेरै खुसी रहेको बताए।
'अहिले यो ठाउँमा उभिदाँ मलाई सपना पूरा भएको जस्तो लागेको छ। ९ महिना अघि विनोद जी यस रगंशाल निर्माणमो प्लान लिएर आउँदा रगंशाला निार्माण गर्न सकेलात भने कुरा मेरो मनमा आएको थियो' शक्तिले भने, 'अहिले रगंशालको उदाघटनको मिति लिएर आउँदा यो सबै चमत्कार भएको हो जस्तो लाग्छ। मैदान लगभग तयारी अवस्थामा पुगिसकेको छ।'
उद्घाटन खेलमा पूर्व खेलाडी खेल्न लाग्दा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्गा पनि मैदान उत्रिदैँ छन्।
'नयाँ क्रिकेट रगंशालको लगभग तयारी अवस्थामा रहँदा यो क्रिकेट प्रेमीहरुको लागि एकदमै ठूलो कुरा हो' सचिव पारस खड्गाले भने 'यही रगंशाले मलाई पुन एकपटक मैदानमा उत्रिँन मोका दिदाँ म एकदम खुसी छु।'
पारस र शक्तिदे सन् २०१४ को विश्वकप खेलेका थिए।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया