बिएल संवाददाता
मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज नेपालले भुटानको सामना गर्दैछ।
मलेसियाको बायुएमास ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ७ः १५बजेदेखि शुरु हुनेछ।
नेपाल र भुटानले समूह डी अन्तर्गतको आ-आफ्नो पहिलो खेल जितेका छन्। शनिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको थियो। त्यस्तै भुटानले माल्दिभ्सलाई ९४ रन अन्तरले पराजित गरेको थियो।
समूह डी मा रहेका हङकङ र माल्दिभ्सले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन्।
नेपालले आफ्नो तेस्रो खेल माल्दिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने तालिका रहेको छ।
एसीसी महिला प्रिमियर कपमा नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन्। चार समूहका विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्ने छन्।
यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एशिया कप २०२४ मा छनौट हुने छन्। त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंग एशिया कप २०२५ मा छनौट हुने छन्।
क्यानले इन्दु बर्माको कप्तानीमा एसीसी महिला प्रिमियर कप खेल्ने १४ सदस्यीय टिम मलेसिया पठाएको छ। नेपाली महिला राष्ट्रिय क्रिकेट टिममा इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सिता राना मगर, काजल श्रेष्ठ, पुजा महतो, संगीता राई, अप्सरा बेगम, कबिता जोशी, कबिता कुँवर, सम्झना खड्का, रोमा थापा, डली थापा र अश्मिना कर्माचार्य रहेका छन्।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया