बिएल संवाददाता
नवबुद्ध युथ क्लब सप्तरी र बिर्तामोड युनाइटेड झापाको टोली इलाममा जारी प्रथम ओएसिस महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन्।
शुक्रबार सम्पन्न खेलमा नवबुद्धले युनाइटेड देउमाईलाई २-० गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो।
नवबुद्धका लागि ममता पुन मगरले खेलको तेस्रो र २०औं मिनेटमा गोल गरेकी थिइन्। देउमाईले भने गोल गर्न सकेन। सो खेलको वुमन अफ दी म्याच ममता पुन मगर घोषित भइन्।
शुक्रबार नै भएको अन्तिम क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेडले भारतको पटना फुटबल क्लबलाई ५-० गोलअन्तरले हरायो। बिर्तामोडका लागि समिक्षा मगरले ह्याट्रिक गरिन्। उनले खेलको पाँचौं, ४९औं र ५६औं मिनेटमा गोल गरिन्।
यस्तै, खेलको १५औं मिनेटमा सिम्रन राई र १८औं मिनेटमा मोनिका घलेले बिर्तामोड युनाइटेडका लागि थप गोल गरेका थिए। सो खेलमा समिक्षा वुमन अफ दी म्याच घोषित भइन्।
आज पहिलो सेमिफाइनल खेल भारतको मानेभन्ज्याङ फुटबल क्लब र नवबुद्ध फुटबल सप्तरीबीच तथा दोस्रो सेमिफाइनल खेल दीपेन्द्र शिखर फुटबल क्लब रोङ, इलाम र बिर्तामोड युनाइटेडबीच हुने आयोजक क्लब ओएसिसका अध्यक्ष च्याङ मुखियाले जानकारी दिए।
विजेताले रु दुई लाख तथा उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्नेछ। फाइनल खेल यही फागुन ७ गते खेलाइने छ। प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया