बिएल संवाददाता
क्यानडाले नेपाल ए क्रिकेट टिमलाई पराजित गरेको छ।
आइतबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले नेपाल ए लाई ४ विकेटले पराजित गरेको छ।नेपाल ए ले दिएको २१७ रनको लक्ष्य पछाएको क्यानडाले ४९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो। यस अघि मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिला ब्याटिङ गर्दै नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाउदै २१६ रन बनाएको थियो।
नेपाल ए का लागि बषिर अहमदले अविजित ५० रन बनाएका थिए भने राशिद खानले ४० रन बनाएका थिए। त्यस्तै मयन यादवले ३५, किरण ठगुन्नाले २५, बिबेक यादवले २१ रनको योगदान दिएका थिए। त्यस्तै क्यानडा- ११ का बलर साद बिन जाफरले सर्बाधिक ३ विकेट लिएका थिए भने इश्वरजोत सोहीले २ विकेट लिएका थिए।
योसँगै ३ खेलको सिरिजमा क्यानडा १-० ले अगाडी भएको छ। अब सिरिजको दोस्रो खेल फेब्रुअरी २० मा दोस्रो र फेब्रुअरी २२ मा तेस्रो खेल हुने छ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया