बिएल संवाददाता
नेपाल 'ए' र क्यानडा-११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुँदैछ।
मुलपानी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार विहान ९:३० बजेदेखि सुरु हुनेछ।
यसअघि खेलेको पहिलो खेल क्यानडा-११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल 'ए' ले जित हासिल गरेको थियो। १-१ को बराबरीमा रहेको सिरिज आज जित्ने टिमले हासिल गर्ने छ।
क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ। नेपाल 'ए' टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन्। नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक 'ए' टिम बनाएर खेल सुरु गरेको पहिलो पटक हो।
क्यानडाले पनि आफ्नो आगामी लिग-२ को तयारी स्वरूप नेपाल 'ए'सँग खेलिरहेको छ। क्यानडाले यही फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग-२ को यात्रा सुरु गर्दैछ। आजको खेलपछि क्यानडा युएई जाने छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया