बिएल संवाददाता
नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ। त्रिवि मैदानमा हुने खेलमा नेपालले टस जितेको छ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। योसँगै नेदरल्याण्डसले पहिला ब्याटिङ गर्ने भएको छ।
मंगलबारदेखि सुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो। त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दै छ।
नेपाली टिममा आज दुई परिवर्तन गरिएको छ। आज अविनाश बोहोरा र विवेक यादवको ठाउमा ललित राजबंशी र प्रतिश जिसी प्लेइङ एघारमा सामेल गरिएको छ।
नेपाली प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी र प्रतिस जिसी।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया