बिएल संवाददाता
त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाअन्तर्गतकाे खेलमा नेदरल्याण्डसले नेपाललाई २ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा नेदरल्याण्डसले जितका लागि दिएको १८५ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएपछि खेल २ रनले हारेको थियो।
नेपालका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए। कप्तान रोहितले ३६ बलमा ५० रन बनाएर आउट भएका थिए भने २८ बलमा अर्धशतक पुरा गरेका दिपेन्द्रले ६३ रन बनाएर आउट भएका थिए। त्यसैगरी आसिफ सेखले ३४ रन बनाए भने कुशल मल्लले ११ र करण केसीले ११ रन बनाएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो।
नेदरल्याण्डसका लागि माइकल लेभिटले ५४ रन बनाएका थिए। लेभिटले यसै खेलमा आफ्नो टी-२० अन्तराष्ट्रिय डेभ्यु गर्दै अर्धशतकीय पारी खेलेका हुन्। त्यस्तै सिब्राण्ड एंगेलब्रेचटले अविजित ४९ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३३ रन बनाए भने तेजा निदामनुरुले ३१ रन बनाएका थिए।
त्यसैगरी नेपाली बलर करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए। नेपालले २ विकेट रनआउटको रुपमा लिएको थियो।
जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। यसअघि पहिलो खेलमा नामिबियासँग २० रनले हारेको थियो।
अब अर्को खेल बिहीबार नामिबिया र नेदरल्याण्डससँग हुनेछ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया