बिएल संवाददाता
नेपालले साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको उपाधिका लागि आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ।
खेल जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुँदैछ।
नेपालले मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो। भने, जोर्डन सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।
तुलनात्मक रुपमा नेपालभन्दा जोर्डन बलियो टिम रहेको छ। जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४औँ स्थानमा रहेको छ। जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियनसमेत हो। जोर्डन अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि विजेता राष्ट्र हाे।
त्यसैगरी नेपाल भने फिफा महिला फुटबलको वरियतामा १०५औँ स्थानमा रहेको छ। यस प्रतियोगितामा नेपाल भने आमन्त्रित टिमको रुपमा पहिलोपटक सहभागिता जनाइरहेको छ। पहिलाे पटक खेलमा सहभागिता जनाउँदा पनि नेपालले उत्कृष्ट प्रस्तुति दिएकाे छ।
साम्बा बाहिर
सावित्रा भण्डारी (साम्बा)ले वाफ च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्रा फ्रेन्च क्लब इभी गुइन गाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएकी हुन्।
एन्फाले सावित्रालाई गुइनगाम्पले फिफा विन्डोअन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा बिहीबार हुने फाइनल खेल फिफा विन्डोपछि हुने हुनाले सावित्रा फाइनल खेलमा उपलब्ध नहुने भएको जानकारी दिएको हाे।
फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो।
नेपाली महिला फुटबल टिमः
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा (कप्तान), उषा नाथ र अञ्जना राना मगर।
डिफेन्डरः गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, बिमला विक, निशा ठोकर, समीक्षा घिमिरे, पूजा राना र सबिना चौधरी।
मिडफिल्डरः अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी र सरस्वती हमाल।
फरवार्डः चन्द्रा भण्डारी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग र सबिता राना मगर।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया