बिएल संवाददाता
कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा जुम्लाले सुर्खेतलाई हराउँदै फाइनल यात्रा तय गरेको छ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टिमबाट एकएक गोल भएपछि पेनाल्टी सुटआउट हुँदा जुम्ला विजयी भएको हो।
जुम्लाका रुविन भण्डारीले सुरुमै गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए। तर अन्तिम समयमा सुर्खेतका भरत नांगालले गोल गरेपछि खेल टाइब्रेकरमा गएको रेफ्री दिपक श्रेष्ठले बताए।
उनका अनुसार टाइब्रेकरमा दुबै टिमबाट पाँच-पाँच गोल हुँदा खेल सट अन डेथमा गएको थियो।
थप एक-एक खेलाडीलाई पुन: पेनाल्टी सुट आउटको अवसर दिइएपछि सुर्खेतका सुजन गुरुङले मिस पेनाल्टी हान्दा जुम्लाले फाइनल यात्रा तय गरेको थियो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया