बिएल संवाददाता
आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि अर्थ मन्त्रालयले रु. पाँच करोड निकासा गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि उक्त रकम निकासा भएको जानकारी दिए।
‘नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ। विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो। खेलकुदको महत्वलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु’, उनले भने।
नेपाली पुरुष क्रिकेट टोली विश्वकपका लागि छनोट भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली टोलीको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए। सदस्य–सचिव घिसिङले खेलाडीले उच्च मनोबलका साथ तयारी गर्दै विश्वकपमा उत्कृष्ट प्रदर्शन गरी नेपालको प्रतिष्ठा अझ अभिवृद्धि गर्ने विश्वास लिएको बताए। उनले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई पूर्ण तयारीका लागि गम्भीर भएर अगाडि बढ्नसमेत आग्रह गरे।
नेपालले घरेलु मैदानमा गत अक्टोबर ३० देखि नोभेम्बर ५ तारिखसम्म भएको आइसिसी पुरुष टी– २० विश्वकप एसिया रिजनल क्वालिफायरको सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेटस् (युएई)लाई आठ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो।
आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सञ्चालन हुँदैछ। नेपालले सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलेको थियो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया