बिएल संवाददाता
नेपाल कुस्ती संघको अध्यक्षमा प्रकाशकुमार कुसारी (सम्राट) निर्वाचत भएका छन्।
आइतबार काठमाडौँमा सम्पन्न संघको साधारणसभा तथा अधिवेशनमार्फत् कुसारी सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसमेत रहेका कुसारी नेपाली खेल जगतको क्षेत्रमा कुशल व्यक्तित्वका रुपमा परिचित छन्।
अध्यक्ष पदमा निर्वाचित भएलगत्तै कुसारीले नेपालमा कुस्ती खेलको विकास र खेलाडीको उच्च मनोबल बढाउने गरी काम गर्ने प्रतिद्धता व्यक्त गरे।
साेमबार केन्द्रीय समितिकाे बैठक बस्ने र बैठकपछि नयाँ कार्यदिशा तयार पार्ने अध्यक्ष कुसारीले बताए।
त्यस्तै संघको उपाध्यक्षमा निर्मल सिग्देल, मुकेश साह, सुर्यन्सकुमार चौधरी चयन भएका छन्। भने, महासचिवमा खगेन्द्रबहादु बस्नेत तथा उपमहासचिवमा साजन अधिकारी निर्वाचित भएका छन्।
त्यस्तै सचिवमा सरोज कटुवाल सूर्यनारायण साह, कोषाध्यक्षमा विपुल पौडेल निर्वाचित भएका छन्।
ऐसकुमार मल्ल, सुदीप केसी, अनिता न्यौपाने, उपेन्द्र श्रेष्ठ, विक्रमसाग पोखरेल र लक्ष्मी उराउ सदस्यमा निर्वाचित भएका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया