बिएल संवाददाता
नेपाल ट्रायथलन संघले आइतबार गण्डकी प्रदेश ट्रायथलन संघ र कास्की जिल्ला ट्रायथलन संघसँगको सहकार्यमा ‘ट्रायथलन फेमिलियराइजेसन’ कार्यक्रमको आयाेजना गरेको छ।
नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पोखरामा वैशाख महिना हुने एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन च्याम्पियन्सीप सफल बनाउने सो क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेका हुन्।
उनले ट्रायथलनका लागि सर्वश्रेष्ठ स्थान पोखरामा यस खेलको अपनत्व दिनका लागि यो कार्यक्रमको आयोजना गरेको भन्दै यस खेलको इतिहासबारे पनि जानकारी दिएका थिए।
सो अन्तर्राष्ट्रिय प्रतियोगिता आगामी वैशाख १५ र १६ गते हुँदैछ। यसअघि वैशाख ८ र ९ गते पोखराकै स्थनीयहरुलाई लक्ष्यित गरेर टेक्सिनकल अफिसर्स कोर्सको आयोजना गरेर २५ जनालाई प्रशिक्षण दिने निर्णय भएको छ।
यसैगरी नेपाल ट्रायथलन संघले गण्डकी प्रदेशलाई लोकल आयोजक कमिटीको जिम्मेवारी दिएको छ।
गण्डकी प्रदेशका अध्यक्ष डिल्लीराज सुवेदीले अबदेखि आफ्नाे संघले पनि प्रतियोगिताको आयोजना गर्ने बताए। सो कार्यक्रममा नेपाल ट्रायथलन संघका सल्लाहकार विश्वशंकर पालिखे, नेपाल ट्रायथलन संघका उपाध्यक्षद्वय दीपक कोइराला र सुमन देवकोटा, कोषाध्यक्ष निरज श्रेष्ठ, कास्की जिल्लाका अध्यक्ष प्रमेश पराजुली, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्षका साथै एनएसजेएफ गण्डकी प्रदेश, पर्यटन बोर्डका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया