बिएल संवाददाता
नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने फ्रेन्डसिप कपका लागि आज नेपाली टोली घोषणा गरेको छ।
क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। छनोट हुने नेपाली टोलिमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द छन्।
नेपालले आयरल्यान्डसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही चैत १२ र १३ गते ट्वान्टी–ट्वान्टी खेल खेल्नेछ। त्यसपछि नेपाली टोली भारत जानेछ। भारतमा नेपालले पहिलो खेल यही चैत्र १८ गुजरातसँग खेल्नेछ भने दोस्रो खेल चैत २० गते बरोडासँग खेल्नेछ।
त्यस्तै नेपालले आफ्नो तेस्रो खेल चैत २१ गते गुजरातसँग खेल्नेछ। उक्त सिरिजको अन्तिम खेल नेपालले चैत २३ गते बरोडासँग खेल्नेछ। लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल भने चैत २५ गते हुनेछ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया