बिएल संवाददाता
म्याच फिक्सिङको आरोप लागेका क्रिकेटर आदिल अन्सारीले सफाइ पाएका छन्।
सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले अभियोग दाबी नपुगेको भन्दै सफाइ दिएको हो।
गत वर्ष आयोजित नेपाल टी–२० लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका थिए।
गत माघ ९ गते पक्राउ परेका अन्सारी र आलमलाई जिल्ला अदालतले तीन लाख धरौटीमा छोडेको थियो।
गत वर्ष ९ देखि २७ पुसमा काठमाडौँको कीर्तिपुरमा भएको नेपाल टी-२० प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानकै क्रममा प्रहरीले महबुब आलम, आदिल अन्सारी र नितेश गुप्तालाई पक्राउ गरेको थियो। प्रहरीले फिक्सिङमा संलग्न भएको दाबी गरेका नवीन कँडेल र रवि माझी भने फरार रहेका थिए।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पाँच जनाविरुद्ध स्पट फिक्सिङको अभियोग जिल्ला अदालत काठमाडौँमा दर्ता गरेको थियो।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया