बिएल संवाददाता
म्याच फिक्सिङको आरोप लागेका क्रिकेटर आदिल अन्सारीले सफाइ पाएका छन्।
सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले अभियोग दाबी नपुगेको भन्दै सफाइ दिएको हो।
गत वर्ष आयोजित नेपाल टी–२० लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका थिए।
गत माघ ९ गते पक्राउ परेका अन्सारी र आलमलाई जिल्ला अदालतले तीन लाख धरौटीमा छोडेको थियो।
गत वर्ष ९ देखि २७ पुसमा काठमाडौँको कीर्तिपुरमा भएको नेपाल टी-२० प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानकै क्रममा प्रहरीले महबुब आलम, आदिल अन्सारी र नितेश गुप्तालाई पक्राउ गरेको थियो। प्रहरीले फिक्सिङमा संलग्न भएको दाबी गरेका नवीन कँडेल र रवि माझी भने फरार रहेका थिए।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पाँच जनाविरुद्ध स्पट फिक्सिङको अभियोग जिल्ला अदालत काठमाडौँमा दर्ता गरेको थियो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया