बिएल संवाददाता
नेपाल‘ए’ र आयरल्याण्ड‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ।
लगातारको वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि आजको खेल रद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ।
टियु मैदानमा हुने यो खेल अपरान्ह एक बजेदेखि सुरु हुने तालिका रहेको थियो।
नेपाल ‘ए’ले मार्च २८, २९ र ३१ मा आयरल्याण्ड ‘ए’सँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ।
त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड‘ए’ सँग दुई टी-२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो।
टी-२० सिरिज खेल्ने नेपाली‘ए’ टिम:
विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया