बिएल संवाददाता
दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोलीले सहभागिता जनाउने भएका छन्। नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाको कबर्ड हलमा मंगलबार र बुधबार प्रतियोगिता हुँदैछ।
संघका अध्यक्ष देवी आचर्याका अनुसार दुई दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफसहित जावलाखेल ह्विलचियर स्पोट्स क्लब, विइन, ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए), इस्पाइनल कट इन्ज्युरी नेट्वर्क नेपाल, बिआइए र आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरीले सहभागिता जनाउने छन्। यी ८ क्लबका ६ महिला र ८ पुरूष गरी १३ वटा टोली बनाएको आचर्याले जानकारी दिइन्।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेता टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्ने छन्।
यस्तै, तेस्रो हुने टोलीले ३० हजार र प्रतियोगिताभर दुवै टोलीको हाई स्कोरले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, मोस्ट भ्यालुयबल प्लेअरलाई २५ हजार रुपैयाँ दिने उनले बताइन्।
प्रतियोगितामा भाग लिने सबै खेलाडीहरूलाई जर्सीको व्यवस्थासहित प्रतिदिन एक हजारका दरले यातायात खर्च र प्रतियोगिता सञ्चालनभरि खाना-खाजाको समेत उपलब्ध गराइएको आचर्याले जानकारी दिइन्।
यस प्रतियोगितामा सम्पन्न गर्न १९ लाख १२ हजार ५०० रुपैयाँ लाग्ने संघले जनाएको छ। प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले गर्ने छन्।
यस्तै, प्रतियोगिताको समापन भने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले गर्ने संघले जनाएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया