बिएल संवाददाता
आज (शुक्रबार)देखि एसिसी प्रिमियर कपको सुरुवात हुँदैछ। ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी- २० एसिया कपमा खेल्न पाउने छ। भने, शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन्।
एसिसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसिसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन्। जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार रहेका छन्। भने, एसिसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया रहेका छन्।
प्रिमियर कपमा नेपाल समूह (ए) मा रहेको छ। समूह (ए)मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन्।
त्यस्तै समूह (बि)मा बहराइन, युएई, कम्बोडिया, कुवेत र ओमान रहेका छन्।
नेपालले आफ्नो पहिलो खेल आज (अप्रिल १२)मा मलेसियासँग खेल्दैछ। भने, दोस्रो खेल अप्रिल १३ (शनिबार) कतारसँग खेल्ने छ। त्यस्तै तेस्रो खेल अप्रिल १५ (सोमबार) हङकङसँग खेल्ने छ। चौथो तथा अन्तिम खेल अप्रिल १७ (बुधबार) साउदी अरेबियासँग खेल्नेछ। नेपालले खेल्ने सबै खेल नेपाली समयअनुसार अपराहन्न ४: १५ बजेदखि सुरु हुने छन्।
समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन्। त्यसपछि फाइनल खेल अप्रिल २१ मा हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ। जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र विवेक यादव रेहका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया