बिएल संवाददाता
इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई २५ रनले पराजति गरेको हो।
सनराइजर्सले दिएको कीर्तिमानी २८८ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउँदै २६२ रन बनाएको थियो। बैंगलुरुका लागि दिनेश कार्तिकले ३५ बलमा ८३ तथा कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाएका थिए।
यसअघि सनराइजर्सले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनाएको थियो।
सनराइजर्सका लागि ट्राभिस हेडले १०२ तथा हेइनरिक क्लासेनले ६७ रन बनाएका थिए।
यो आइपिएलको इतिहासमा अहिलेसम्म बनेको सबैभन्दा ठुलो टोटल हो। सनराइजर्सले यसअघि यसै सिजनमा मुम्बई इण्डियन्सविरुद्ध आफैँले बनाएको २७७ रनको रेकर्ड तोडेको थियो।
यो जितपछि सनराइजर्सको ६ खेलमा ४ जितसहित ८ अंक भएको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ।
त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुको भने यो यस सिजनमा छैटौं हार हो। ७ खेलमा एक जितसहित २ अंक लिएर बैंगलुरु पुछारमा रहेको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया