बिएल संवाददाता
गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई आज चार विकेटले पराजित गरेको छ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा कोशीले प्रस्तुत गरेको एक सय ५६ रनको लक्ष्य गण्डकीले १९ दशमवल पाँच ओभरमा छ विकेट गुमाउँदै पूरा गर्यो।
गण्डकीका लागि दिनेश बुढामगरले सर्वाधिक ३३ रनको योगदान दिए भने ईश्वर क्षेत्रीले २५ रन बनाए। त्यस्तै अर्जुन कुमालले २४, अर्जुन रायमाझीले अविजित २३, कप्तान विपिन खत्रीले अविजित १८, दीपक डुम्रेले १८ र अमृत गुरुङले १२ रन बनाए।
कोशीका लागि प्रकाश कार्कीले दुई विकेट लिए भने श्रवण यादव, दीपेश कँडेल, ज्ञानेन्द्र श्रेष्ठ र श्रवण किस्कुले समान एक/एक विकेट लिए।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५५ रनको योगफल बनाएको थियो। कोशीका लागि सोनु अन्सारीले ४४, मिनाश थापाले ४३, कप्तान अङ्कित सुवेदीले ३२, श्रवण यादवले अविजित २१ तथा दीपेश कँडेलले १० रन बनाएका थिए।
गण्डकीका लागि सुवास भण्डारीले तीन तथा विपिन खत्री र अमृत गुरुङले समान एक एक विकेट लिए।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया