बिएल संवाददाता
झापाको कमल गाउँपालिका–१ मा वैशाख १७ गतेदेखि वडास्तरीय वडाअध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ। वडा नम्बर १ को खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा ८ टीमले सहभागिता जनाउँदै छन्।
जसमा कमल गाउँपालिकाकामा रहेका ७ वटा वडा मध्ये ६ वटा वडाबाट १/१ र आयोजक कमल १ को दुई टीम गरि ८ टीमले सहभागिता जनाउने आयोजकले जनाएको छ।
नक आउटका आधारमा हुने प्रतियोगिताको फाइनल खेल वैशाख २२ गते हुनेछ। वडा खेलकुद विकास समितिका अध्यक्ष भुवन भण्डारीले दिएकाे जानकारी अनुसार ‘लागुपदार्थविरुद्ध हाम्रो अभियान, खेलकुदमा युवाको अभियान’ भन्ने मूल नाराका साथ प्रतियोगिता सञ्चालन हुन लागेकाे छ।
प्रतियोगिता आयोजनाका लागि ३ लाख ५० हजार बढी खर्च अनुमान गरिएको छ भने खेल हेर्नका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
प्रतियोगितामा विजेतालाई नगद ४० हजार रूपैयाँ, ट्रफि र प्रमाणपत्र र उपविजेतालाई २० हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजक समिति सदस्य सुमन खड्काले जानकारी दिए।
यस्तै, विधागत पुरस्कारमा बेस्ट गोलकिपर, म्यान अफ दि टुर्नामेन्ट र इमर्जिङ प्लेयरले जनही ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस प्रतियोगिता संचालनका लागि कमल १ को सिलिङ बजेटबाट २ लाख रुपैयाँ छुट्याइएको र अन्य रकम सहयोगी दाताबाट उठाइने खड्काले जानकारी दिए।
प्रतियोगिताकाे उद्घाटन खेल कमल २ र आयोजक कमल १ को ‘ए’ टिमबीच हुनेछ। कमल १ मा रहेको नरेन्द्र जनता माविको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गर्नेछन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया