बिएल संवाददाता
एन.आर.एस स्पोर्टस फाउण्डेशनले नि:शुल्क दाेस्रो दाैड प्रशिक्षण सञ्चालन गर्दै छ। भाेलि मे २ देखि २७ मेसम्म प्रशिक्षण सञ्चालन गर्न लागेको हो।
प्रशिक्षण काठमाडौँको दशरथ रङ्गशाला, स्वयम्भु, ललितपुर, भक्तपुर, कीर्तिपुर, हेटौडा, बुटवल र पोखारामा हुने एन.आर.एस स्पोर्टस फाउण्डेशनका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले जानकारी दिए।
दौडमा प्रेरित गर्नका लागि प्रशिक्षण लिनुपर्ने भन्दै विभिन्न ठाउँमा हुने प्रशिक्षणमा सहभागी हुन आयोजकल आह्वान गरेको छ। प्रशिक्षणमा सर्वसाधारण र खेलडी सहभागी हुन सक्नेछन्।
गत वर्ष पनि एन.आर.एस स्पोर्टस फाउण्डेशनले दौड प्रशिक्षण दिएको थियो। यस वर्ष हुने प्रशिक्षणको पनि तयारी पूरा भइसकेको छ।
प्रशिक्षण इनड्राइभको सहकार्यमा हुन लागेको छ। प्रशिक्षणका लागि रु. ४० लाख खर्च हुने आयोजकको अनुमान छ।
कहाँ को छन् प्रशिक्षक?
काठमाडौँको दशरथ रङ्गशाला: विमला रानामगर
स्वयम्भु: रमेश सुनुवार
ललितपुर: राजमान महरजन
भक्तपुर: आशा राम गोथे
कीर्तिपुर: धर्म महरजन
हेटौडा: राजा राम पोख्रेल
बुटवल: रामु पाण्डे
पोखारा: सिद्घान्त अधिकारी
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया