बिएल संवाददाता
दाेस्राे ‘रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियाेगिता’ काठमाडाैँमा सुरु भएकाे छ।
प्रतियाेगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालास्थित कभर्ड हलमा शुक्रबार बिहानबाट सुरु भएकाे हाे। प्रतियाेगिताकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरे।
प्रतियाेगिताकाे उद्घाटन गर्दै सदस्य सचिव घिसिङले कुस्ती खेलकाे विकास र बिस्तारका लागि आफूले सक्दाे काेसिस गर्ने बताए।
त्यस्तै आयाेजक नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी (सम्राट)ले कुस्ती खेलाडीहरुकाे ऊर्जा र सक्रियता देखेर उत्साहित भएकाे बताए।
प्रतियाेगितामा विभिन्न विभागीय टाेली र प्रदेशगत टाेलीहरु सहभागी छन्। उनीहरुबीच अहिले प्रतिस्पर्धा जारी छ। प्रतियाेगिता आजै सम्पन्न गर्ने कार्यतालिका रहेकाे छ।
नेपाल कुस्ती संघ आयाेजक रहेकाे प्रतियाेगितामा राखेप, अखिल नेपाल खेलकुद महासंघ, नेपाल ओलम्पिक कमिटी र युनाइटेड वल्ड रेस्लिङलगायतकाे साथ रहेकाे छ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया