बिएल संवाददाता
सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई ८ विकेटले हराउँदै ललितपुर मेयर्स कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ।
एपिएफले यसअघि भएको पहिलो खेलमा कोशी प्रदेशलाई २४ रनले पराजित गरेको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
एपिएफका लागि ममता चौधरीले सर्वाधिक ३५ रन बनाइन्। यसैगरी, इन्दु बर्माले १७, कप्तान सीता रानमगरले ११ र राजमती ऐरीले अविजित १० रन जोडे। बागमतीका लागि खुशी डङ्गोलले १ विकेट लिइन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको थियो। बागमतीका लागि हेनिशा गुरुङले ३१ र खुशी डङ्गोलले अविजित १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
एपिफका लागि करुणा भण्डारीले चार विकेट लिइन् भने सीता रानामगरले दुई विकेट लिइन्। यस जितसँगै एपिएफले २ खेलबाट ४ अङ्क जोडेको छ। दुवै खेलमा पराजित बागमती अङ्कविहीन छ। बागमती पहिलो खेलमा आयोजक ललितपुर मेयर्स ११ सँग ७ विकेटले पराजित भएको थियो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया