बिएल संवाददाता
राेयल च्यालेन्जर्स बैंग्लाेर इन्डियन प्रिमियर लिग (आइपिएल)काे उपाधि हाेडबाट बाहिरिएकाे छ। एलिमिनेटरमा राजस्थान राेयल्ससँग ४ विकेटले पराजित हुँदै बैंग्लाेर उपाधि हाेडबाट बाहिरिएकाे हाे।
बैंग्लाेरले दिएकाे १ सय ७३ रनकाे लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्याे।
राजस्थानका यशस्भी जैसवालले ४५, रियान परागले ३६, शिमराेन हेटहेयरले २६ तथा कप्तान सन्जु सामसनले १७ रन प्रहार गरे।
बैंग्लाेरका माेहमद सिराजले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे बैंग्लाेरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनाएकाे थियाे।
बैंग्लाेरका लागि विराट काेहलीले ३३, रजट पतिदरले ३४, महिपाल लाेम्राेरले ३२ तथा क्याम्राेन ग्रिनले २७ बनाएका थिए।
राजस्थानका अभेष खानले ३ तथा रवीचन्द्र अश्विनले २ विकेट लिए।
राजस्थानले अब फाइनल प्रवेशका लागि दाेस्राे क्वालिफायरमा शुक्रबार सनराइजर्स हैदरवादकाे सामना गर्नेछ।
क्वालिफायर विजेता टाेलीले उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया