बिएल संवाददाता
सरकारले ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने दुई सय ५५ खेलाडीलाई आजीवन मासिक जीवन वृत्तिको व्यवस्था गर्ने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभामा आज पेस गरेको आर्थिक सर्वेक्षणमा खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्था गरिएको बताए।
उनले खेलाडीको क्षमता अभिवृद्धिका लागि मनाङको तिमाङमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएको बताए।
त्यस्तै, प्रत्येक प्रदेशमा एक रङ्गशाला निर्माण गर्ने कार्यक्रमअनुरुप धनगढी, सुर्खेत, नेपालगञ्ज र इटहरीमा खेलमैदान निर्माण कार्य सम्पन्न भइसकेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।
अर्थमन्त्री पुनले एक स्थानीय तह एक खेलग्राम निर्माणका लागि एक सय ७१ पालिकामा खेल निर्माण कार्य भइरहेको जानकारी दिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया