बिएल संवाददाता
विश्वकपकाे तयारीमा रहेकाे नेपाल क्यानडासँगकाे पहिलाे अभ्यास खेलमा ६३ रनले पराजित भएकाे छ।
साेमबार राति अमेरिकास्थित डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा क्यानडाले दिएकाे १८४ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १९.३ ओभरमा १ सय २० रन बनाएर अलआउट भयाे।
उक्त लक्ष्य पछ्याउँदा नेपालका कुशल मल्लले ३७, अनिल शाह २४, आशिफ शेख २२ र कुशल भुर्तेल १० रनमा आउट भए।
अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
क्यानडाका डिल्लाेन हेलिगरले ४ तथा जर्मी गाेर्डन र कप्तान साद बिन जाफरले २-२ विकेट लिए।
त्यसअघि टस हारेर पहिलाे ब्याटिङ गरेकाे क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन बनाएकाे थियाे।
क्यनडाका निकाेलस कर्टनले अर्धशत प्रहार गरे। भने, नभनित धलिवालले ३२ र रवीन्दरपाल सिंहले अविजित ४१ रन प्रहार गरे।
नेपालका अविनाश बाेहराले २ तथा सागर ढकाल, ललित राजवंशी, गुल्सन झा, साेमपाल कामी र करण केसीले १-१ विकेट लिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया