बिएल संवाददाता
आठौँ प्रधानमन्त्री कप भलिबल लिगको उपाधि टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै टिप टप हेल्प नेपाल पुरुष तर्फको उपाधि जितेको हो। फाइनलमा टिप टप हेल्प नेपालले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको छ।
खेलमा पहिलो सेट हेल्प नेपालले २२-२५ले जितेकोमा दोस्रो सेट भने गण्डकीले २५-२० ले जित्यो। त्यसपछिको तेस्रो र चौथो सेट २०-२५ र २०-२५ले जित्दै टिप टप हेल्प नेपालले उपाधि जितेको थियो।
त्यस्तै प्रतियोगिताको महिलातर्फ एभरेस्ट भलिबल क्लब बुटवललाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले उपाधि जित्यो। पुलिस क्लबले एभरेस्टलाई ३-२को सेटमा पराजित गरेको हो। पुलिसले पहिलो सेट २५-२१ले र दोस्रो सेट पनि २५-२३ले जितेको थियो।
तर, त्यसपछिको दुवै सेट एभरेस्टले २०-२५ र २०-२५ले जितेपछि पाँचौ सेट रोमाञ्चक बनेको थियो। पाँचौं सेटमा पुलिसले १५-१२ले विजयी हुँदै उपाधि जितेको थियो।
उपाधिसँगै विजेताले ८ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। भने, दोस्रो हुने टिमले चार लाख प्राप्त गरेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया