बिएल संवाददाता
१९औँ राष्ट्रिय एमटिबी क्रस कन्ट्री तथा एमटिबी डाउनहिल प्रतियोगिता सुरु भएको छ।
नेपाल साइक्लिङ संघले आयोजना गरेको प्रतियोगितामा पुरुष, महिला, मास्टर तथा जुनियर समूहका खेलाडीहरूकाे सहभागिता रहेको छ।
शुक्रबार एमटिबी दाउनहिल प्रतियोगिता चलिरहेको छ भने शनिबार क्रस कन्ट्री प्रतियोगिता हुनेछ।
प्रतियोगिता गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ स्थित जगडोल शहिद पार्कमा हुनेछ।

प्रतियोगितामा ९० जना पुरुष तथा महिला साइक्लिङ खेलाडीहरूले भाग लिनेछन्।
यो अवसरमा विभिन्न तहका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ। जसले राष्ट्रियस्तरमा साइक्लिङ खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
साइक्लिङ संघले सम्पूर्ण खेलप्रेमी तथा स्थानीय बासिन्दाहरूलाई यो रोमाञ्चक प्रतियोगिता हेर्न उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न आह्वान गरिएको छ।

यस प्रतियोगिताले नेपालमा साइक्लिङ खेलको जनचेतना बढाउन र भविष्यका खेलाडीहरूलाई प्रेरणा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकले बताएको छ।





कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया