बिएल संवाददाता
नेपाली खेलकुदका इतिहासविद् नवीन अर्याललाई काेशी प्रदेश खेलकुद विकास बाेर्डले सम्मान गरेकाे छ। काेशी प्रदेशकाे राजधानी विराटनगरमा आइतबार आयाेजित एक कार्यक्रमबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मान गरेका हुन्।
अर्यालले गत वर्ष नेपाली खेलकुदकाे पहिलाे एतिहासिक पुस्तक ‘नेपाली खेलकुदकाे वृत्तान्त’ प्रकाशन गरेका थिए। याे नेपाली खेलकुदकाे इतिहास समेटिएकाे पहिलाे पुस्तक हाे।
करिब अढाई वर्षदेखि खेलकुद पत्रकारितामा सक्रिय अर्यालले नयाँ सडक राष्ट्रिय दैनिक, राजधानी दैनिक, समय साप्ताहिक, नागरिक दैनिक, अन्नपूर्ण पाेष्ट, नेपाल साप्ताहिक, सेताेपाटी डटकम, नेपाल लाइभ डटकम र ब्रेकएनलिंक्स डटकममा आबद्ध थिए।
सम्मान कार्यक्रममा काेशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई र काेशी प्रदेश खेलकुद विकास बाेर्डका सदस्य-सचिव कृष्ण बस्नेतले दाेसल्ला ओढाएर इतिहासविद् अर्याललाई सम्मान गरेका थिए।
यही कार्यक्रममा स्थानीय पत्रकार तथा विभिन्न खेलकुदसम्बन्धी प्रशिक्षकहरुलाई पनि सम्मान गरिएकाे थियाे। राष्ट्रपति रनिङ शिल्डमा काेशी प्रदेशलाई पदक दिलाउने करिब २ सय जना खेलाडीलाई ५० हजार (स्वर्ण), ३० हजार (रजत) र २० हजार (कास्य) नगदबाट पुरस्कृत गरिएकाे थियाे।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया