बिएल संवाददाता
नेपाली खेलकुदका इतिहासविद् नवीन अर्याललाई काेशी प्रदेश खेलकुद विकास बाेर्डले सम्मान गरेकाे छ। काेशी प्रदेशकाे राजधानी विराटनगरमा आइतबार आयाेजित एक कार्यक्रमबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मान गरेका हुन्।
अर्यालले गत वर्ष नेपाली खेलकुदकाे पहिलाे एतिहासिक पुस्तक ‘नेपाली खेलकुदकाे वृत्तान्त’ प्रकाशन गरेका थिए। याे नेपाली खेलकुदकाे इतिहास समेटिएकाे पहिलाे पुस्तक हाे।
करिब अढाई वर्षदेखि खेलकुद पत्रकारितामा सक्रिय अर्यालले नयाँ सडक राष्ट्रिय दैनिक, राजधानी दैनिक, समय साप्ताहिक, नागरिक दैनिक, अन्नपूर्ण पाेष्ट, नेपाल साप्ताहिक, सेताेपाटी डटकम, नेपाल लाइभ डटकम र ब्रेकएनलिंक्स डटकममा आबद्ध थिए।
सम्मान कार्यक्रममा काेशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई र काेशी प्रदेश खेलकुद विकास बाेर्डका सदस्य-सचिव कृष्ण बस्नेतले दाेसल्ला ओढाएर इतिहासविद् अर्याललाई सम्मान गरेका थिए।
यही कार्यक्रममा स्थानीय पत्रकार तथा विभिन्न खेलकुदसम्बन्धी प्रशिक्षकहरुलाई पनि सम्मान गरिएकाे थियाे। राष्ट्रपति रनिङ शिल्डमा काेशी प्रदेशलाई पदक दिलाउने करिब २ सय जना खेलाडीलाई ५० हजार (स्वर्ण), ३० हजार (रजत) र २० हजार (कास्य) नगदबाट पुरस्कृत गरिएकाे थियाे।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया