बिएल संवाददाता
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध सनसनीपूर्ण जित निकालेको छ।
कप्तान सोमपाल कामीको कप्तानी पारीमा कर्णालीले विराटनगरलाई ४ विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको हो। विराटनगर भने आफ्नो दुवै खेलमा अंकविहीन बनेको छ।
विराटनगरले दिएको १८७ रनको विशाल लक्ष्य कर्णालीले अन्तिम ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पुरा गर्यो।
कर्णालीका लागि कप्तान सोमपाल कामीले ३२ बलमा अविजित ६२ रनको शानदार पारी खेले। गुलशनकुमार झाले अविजित २८ रन बनाउँदा पवन सर्राफले ३६, अरिफुल इस्लामले ३२, दीपक डुम्रेले २० रन बनाए ।
बलिङमा विराटनगरका एन्जेलोस् मेथ्युजले ३ विकेट लिए। यस्तै चारिथ असलंका र कप्तान सन्दीप लामिछाने र प्रतिस जिसीले समान १/१ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८६ रन बनाएको थियो।
विराटनगरका लागि लोकेश बमले ५२ बलमा ९ छक्का र ३ चौकासहित ८७ रनको योगदान गरे। एन्जेलोस् मेथ्युजले ३१ रन तथा आन्द्रे रसेलले २७ रन बनाए।
कर्णालीका लागि कप्तान सोमपाल कामीले ४ ओभरमा ३३ रन दिएर ४ विकेट लिए। यस्तै मार्क वाट र नन्दन यादवले समान १ विकेट लिए।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया