बिएल संवाददाता
म्यानचेस्टर सिटीका मिडफिल्डर काल्भिन फिलिप्सले कतार विश्वकप अघि इंग्ल्यान्ड टोलीमा स्थान बनाउने विश्वास व्यक्त गरेका छन्।
२६ वर्षीय मिल्डफिल्डर काल्भिन पछिल्लो सात हप्तादेखि सोल्डर सर्जरीपछि मैदान बाहिर रहँदै आएका छन्।
चोटपछि काल्भिन इंग्ल्यान्ड प्रशिक्षक गेराथ साउथगेटको २६ टोलीभित्र पर्नेमा भने शंका रहेको छ। सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले कारावाओ कपमा चेल्सीसँग खेल्नु अघि काल्भिन फिट नहुने बताएका छन्। बुधबार राति हुने खेलमा काल्भिन बेन्चमा हुनेछन्।
‘सोल्डर अहिले निकै राम्रो भइरहेको छ,’ काल्भिनले भनेका छन्। ‘सात हप्ताको रिकोभरीपछि राम्रो हुँदैछ। विश्वकप अघि सबै राम्रो हुनेछ। म पक्का छैन, तर, विश्वास छ। म टोलीमा उपलब्ध हुनेछु,’ उनले जोडे।
इंग्ल्यान्डले विश्वकपको पहिलो खेल २१ नोभेम्बरमा इरानविरुद्ध खेल्दै सुरुवात गर्नेछ।
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया